काठमाडौं । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र लोकप्रिय गायक अमृत खातीको आवाजमा नयाँ लोक कोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ।
सबैखाले गीतहरू गाउने लेख्ने र सङीत गर्ने क्षमता भएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डी .ए .आर .मुभिजमार्फत डिजिटल बजारमा सार्वजनिक भएको हो ।
काजिस श्रेष्ठको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय देख्न सकिन्छ। उक्त गीतको छायाङ्कन मुकेश हुमागाईँले गर्नु भएको छ भने सम्पादन दिपक खड्काले गर्नु भएको छ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतका शब्द र सङ्गीतको सम्मिश्रण उत्कृष्ट रहेको छ ।