सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक आज साढे ९ बजे बालुवाटारमा बस्ने छ ।
मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै पहिलो पटक गठबन्धनको बैठक बस्न लागेको हो ।
बैठकले मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्न कार्यदल गठन गर्ने तयारी गरेको बुझिन्छ ।
गठबन्धनमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।
प्रतिक्रिया राख्नुहोस्