तपाईँ सुन्दै हुनुहुन्छः

मङ्सिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौँ । सत्ता गठबन्धन दलहरूको बैठकले मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने सहमति गरेको छ।

आज सत्ता गठबन्धन दलका शीर्ष नेताको बालुवाटारमा बसेको बैठकले मङ्सिर ४ गते निर्वाचन गर्ने सहमति गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । नेता पौडेलका अनुसार सरकारले छिट्टै प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्नेछ ।

बैठकमा नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

सत्ता गठबन्धनको अर्को बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने नेता पौडेलले जानकारी दिनुभयो ।

तस्वीरः गोरखापत्र अनलाइन

प्रतिक्रिया राख्नुहोस्

Back to top button