सर्पदंश उपचार केन्द्र वषौँदेखि अलपत्र
बारा । लाखौँ खर्च गरेर जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा बनाइएको सर्पदंश उपचार केन्द्र वर्षौँदेखि अलपत्र परेको छ ।
करिब ४ वर्ष अगाडि श्री नं.२८ बाहिनीभित्र बनाइएको सर्पदंश उपचार केन्द्रले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डभित्र नपरेका कारण सञ्चालनको अनुमति पाएको छैन ।
जीतपुरसिमरा उपमहानगरपालिकाको स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रवि भास्करले ईपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले तोके बमोजिम मापदण्डको संरचना र भेन्टिलेटर सहितको उपकरणको अभावमा सर्पदंश उपचार केन्द्रले सञ्चालन अनुमति नपाएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्