मतदाता नामावली सङ्कलनको समयावधि थप्न आग्रह
वीरगञ्ज । पर्साका दलित सम्बद्ध संघसंगठनले मतदाता नामावलीमा यसअघि नाम छुटेकाहरूको नाम समावेश गर्नका लागि समयावधि थप्न आग्रह गरेका छन् ।
वीरगन्जस्थित राष्ट्रिय दलित पत्रकार सङ्घ पर्साको सभा हलमा दलित सरोकार मञ्च नेपालले आज पत्रकार सम्मेलन गरी मतदाता नामावली सङ्कलनको समयावधि थप्न आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवं दलित अगुवा बृजलाल पासवानले विभिन्न कारणले यसअघि मतदाता नामावलीमा नाम समावेश हुन छुटेका दलित समुदायका मानिसहरूको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने बताउनुभयो ।
चेतनाको अभावमा दलित समुदायका कतिपय मानिसको मतदाता नामावलीमा नाम समावेश हुन छुटेकाले निर्वाचन कार्यालयले वडा स्तर वा पालिका स्तरमा नै फोटो सहित मतदाता नामावली सङ्कलन गर्नुपर्ने माग पासवानले गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्