२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

वक्र कुण्डमा भव्य नागपञ्चमी मेला

मालाती मोक्तान २०७९ साउन १७ गते १६:३४

धनकुटा । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नाग पञ्चमीको अवसरमा धनकुटा, हिलेको वक्र कुण्ड महेश्वर मन्दिरमा मेलाको आयोजना गरिएको छ ।

मन्दिरको १२ औँ स्थापना दिवसको अवसरमा वक्र कुण्ड महेश्वर मन्दिर हिलेले मेलाको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

त्यस अवसरमा मेयर तामाङ्गले उक्त क्षेत्रको धार्मिक पर्यटनको विकासका लागि नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाली सेना पूर्वी कमाण्ड हिलेका प्रमुख, वडा नं १ र १० का अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा आयोजक समितिका अध्यक्ष लालचन गोङ्वा (तामाङ्ग)ले मन्दिर व्यवस्थापन तथा सरसफाईमा सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सम्बन्धित