तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला जीप दुर्घटना अपडेट: चालकसहित दुई जनाको मृत्यु

जुम्ला । जुम्लामा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

आइतबार बिहान जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ नाग्म–गमगढी सडकको बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै जीपमुनि च्यापिएर र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार घटनास्थलमै मृत्यु हुनेमा मुगु जिल्ला रारा छायानाथ नगरपालिका–२ निवासी २४ वर्षीय दिपक तिरुवा रहेका छन् । गम्भीर घाइते चालक कनकासुन्दरी गाउँपालिका–१ का वर्ष २७ वर्षीय दल बहादुर बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा दिउँसो ३ बजे मृत्यु भएको हो ।

सुर्खेतबाट मुगुका लागि छुटेको लु १ ज ३७३४ नम्बरको जीपको बेक्र फेल भई दुर्घटना भएको डिएसपी चन्दको भनाई छ ।

गाडीमा सवार चालकसहित ६ जना मध्य २ जनाको मृत्यु भएको हो । अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button