तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा ‘शास्त्रीय सङ्गीत महोत्सव हुँदै   

कास्की । पोखरामा साउन १७ र १८ गते ‘शास्त्रीय सङ्गीत महोत्सव’ हुने भएको छ । 

सनातन कला साहित्य कुञ्ज काठमाडौँको आयोजनामा पोखरामा ‘शास्त्रीय सङ्गीत महोत्सव’ हुन लागेको हो ।

महोत्सवमा वरिष्ठ सितार वादक प्रा.डा.प्रवेश चन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्ण प्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुती काफ्ले,तबला वादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बाँसुरी वादक उमेश पण्डित, पखावज वादक मुकेश शाक्य, तबला वादक निमेश कपालीको प्रस्तुती रहने संस्थाका संस्थापक अध्यक्ष उत्तम रिमालले जानकारी दिनुभयो । 

पहिलो दिनको कार्यक्रम पोखरा सभागृहमा र दोस्रो दिन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा आयोजना गरिने उहाँले बताउनुभयो । शास्त्रीय सङ्गीतको उन्नयनका लागि कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।

महोत्सवमा कलाकार तथा तबला बाधक श्यामलाल श्रेष्ठ र गायक विनित जोजिजूले पोखरामा शास्त्रीय सङ्गीतको अवस्था र व्यवसायिकताका बारेमा चर्चा गर्नुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button