तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ ।

बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएपछि आज पुन मतदान गर्नुपरेको हो । नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button