तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका १०५ पालिकामा वृक्षारोपण गरिने: वनमन्त्री यादव

काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले ‘जनताको रहर हरित सहर’ कार्यक्रमअन्तर्गत तराई–मधेसका १०५ पालिकामा वृक्षारोपण गरिने बताउनुभएको छ ।

मन्त्री यादवले आज सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षारोपण गरी वनसँग जोड्ने बताउनुभएको छ । ती पालिकामा अहिले वन (रुख बिरुवा) नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरि र नहरको वरिपरि नदी नियन्त्रणमा उपयोग हुने गरी रुख बिरुवा रोप्ने अभियानको थालनी गरिने बताउनुभएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ शपथ लिएलगत्तै मन्त्री यादवले मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो । सो अवसरमा मन्त्रालय मातहत विभाग र महाशाखा प्रमुखहरूले मन्त्रालयको गतिविधिबारे मन्त्री यादवसमक्ष ब्रिफिङ गर्नुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button