तपाईँ सुन्दै हुनुहुन्छः

प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधनसहित चालक नियन्त्रणमा

सुनसरी । मोरङको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैध रुपमा गिटी, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिपर ४ वटा, ट्र्याक्टर ४ वटा, एउटा जेसिवि र तिनका चालकलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका ९ वटै सवारी साधनसहित चालकहरूलाई आवश्यक कारबाहीको लागि बेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button