तपाईँ सुन्दै हुनुहुन्छः

लगानी बढाएर कृषि क्षेत्रको परनिर्भरता हटाउनुपर्छ: मन्त्री यादव

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले समयमा मल पाउनु किसानको हक भएकाले त्यसतर्फ बढी क्रियाशील हुन मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा सोमबार आयोजित बधाई तथा स्वागत कार्यक्रममा कृषि मन्त्री यादवले कृषि प्रधान देश भएर पनि नेपालले खाद्यान्न आयात गरिरहनु परेकोमा चिन्ता व्यक्त गर्दै कृषिमा लगानी बढाएर कृषि क्षेत्रको परनिर्भरता हटाउनुपर्ने बताउनुभयो ।

कृषि मन्त्री यादवले उन्नत बीउको व्यवस्था, सिँचाइको व्यवस्थापन गर्दै कृषि क्षेत्रबाट राज्यको व्यापार घाटालाई कम गर्ने सवालमा आफूले प्राथमिकतामा राखेर काम गर्ने र त्यसका लागि सम्बद्ध सबैको सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कृषि सचिव गोविन्दप्रसाद शर्माले मुलुकको बढ्दो व्यापार घाटाको न्यूनीकरणका लागि कृषि क्षेत्र महत्त्वपूर्ण रहेकाले कृषिको योगदान बढाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

सचिव शर्माले चैते धान खेतीको क्षेत्रफल बिस्तार गरेर मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिने भएकाले सिँचाइको व्यवस्थापन गर्दै त्यसका लागि मन्त्रालय सरोकारवाला सबैको सहयोगमा अगाडी बढिरहेको पनि बताउनुभयो ।

तस्वीरः नवीन बराल, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button