तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी निक्षेप राख्ने जिल्ला रुपन्देही

लुम्बिनी । लुम्बिनी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थामा सबैभन्दा बढी निक्षेप राख्ने जिल्लामा रुपन्देही परेको छ भने सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुम पूर्व देखिएको छ ।

केन्द्रीय बैङ्कको विवरणअनुसार ४४.४८ प्रतिशत बराबरको हिस्सा रुपन्देहीको मात्र रहेको छ ।

रुपन्देहीका नागरिकले एक खर्ब ७९ अर्ब बराबरको निक्षेप बैङ्क तथा वित्तीय संस्थामा राखेका पाइएको छ ।

आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको रुकुम पूर्व जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरणअनुसार रुकुम पूर्व जिल्लाका नागरिकले ९३ करोड ७३ लाख बराबरको रकम मात्रै बैङ्क तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको पाइएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा बाँके जिल्लाको १२.२७ प्रतिशत बराबरको हिस्सा रहेको छ ।

दाङ जिल्ला आर्थिक रुपमा विकासको गतिमा अगाडि बढेको भए पनि त्यहाँका नागरिकले बैङ्क तथा वित्तीय संस्थामा राखेको निक्षेप भने कमै देखिएको छ ।

केन्द्रीय बैङ्कको विवरणअनुसार दाङ जिल्लाको हिस्सा १०.८१ प्रतिशत बराबर छ ।

केन्द्रीय बैङ्कको विवरणअनुसार कपिलवस्तुको हिस्सा ६.३२ प्रतिशत पाल्पाको हिस्सा ५.७३ प्रतिशत, नवलपरासी पश्चिमको हिस्सा ५.५० प्रतिशत, गुल्मीको हिस्सा ५.२९ प्रतिशत रहेको छ ।

यस्तै लुम्बिनी प्रदेशका कम निक्षेप राख्ने जिल्लामा अर्घाखाँची, बर्दिया, प्युठान र रोल्पा रहेको केन्द्रीय बैङ्कको अध्ययनले देखाएको छ ।

लुम्बिनी प्रदेशभित्र चार खर्ब दुई अर्ब ८३ करोड बराबरको निक्षेप रहेको पाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button