तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा नेपाली खेलाडी र पत्रकार सम्मानित

काठमाडौँ । नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना नेपाली खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको  छ । फुटबलर श्रेष्ठ, खवास तथा खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित हुनुभएको हो । अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो ।

चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स ह्यारी भण्डारीले सम्मान गर्नुभयो । सिंहलाई नेपाली खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्त्वपूर्ण योगदानका कारण र अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । चारै जनालाई नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेको ह्यारी भण्डारीले जानकारी दिनुभयो । 

यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गर्नुभएको थियो । एनएसी कप फुटबलका लागि भरत र नवयुगले अमेरिकाको एल ए गुराँसबाट खेल्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button