तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्री, मोहम्मद इश्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रीको रुपमा नियुक्त गर्नु भएको थियो ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति भण्डारीले पदको पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button