तपाईँ सुन्दै हुनुहुन्छः

समितिको निर्देशन कार्यान्वयनको अवस्थाका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल

काठमाडौँ । राष्ट्रियसभा राष्ट्रिय सरोकार समितिले समितिको निर्देशन कार्यान्वयनको अवस्थाका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।

समितिको सिंहदरबारमा आज बसेको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने औषधी र खोप, चीनमा मेडिकल साइन्स अध्ययन गरेका विद्यार्थीहरूको इन्टर्नसिपको व्यवस्था, खाद्य पदार्थ र खानेपानीको निगरानी, हैजा लगायतका विषयमा सांसदहरुले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।   

बैठकमा सांसदहरुले समितिको वार्षिक प्रतिवेदन अनुगमन मूल्याङ्कन सम्बन्धमा समितिले मन्त्रालयलाई विभिन्न समयमा दिएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा पनि जिज्ञासा राख्नुभएको थियो ।

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, राज्यमन्त्री हिराचन्द्र केसी र सचिव डा. रोशन पोख्रेलले हालसम्म समितिले दिएको निर्देशनको कार्यान्वयन सम्बन्धी विवरण प्रस्तुत  गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button