२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

बारामा करेन्ट लागेर एक बालकको मृत्यु

रञ्जन यादव २०७९ असार २० गते १४:३४

बारा । बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा परवानिपुर गाउँपालिका वडा नं. ५ बहुअरी बस्ने उपेन्द्रप्रसाद पटेलका छोरा बर्ष ११ को प्रिन्स पटेल रहेका छन् ।

आफ्नो घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका बालक पटेलको उपचारको क्रममा नारायणी  बयोधा अस्पताल बिरगंजमा मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

सम्बन्धित