तपाईँ सुन्दै हुनुहुन्छः

बारामा करेन्ट लागेर एक बालकको  मृत्यु

बारा । बारामा करेन्ट लागेर आज एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परवानिपुर गाउँपालिका वडा नं. ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलका छोरा बर्ष ११ को प्रिन्स पटेल रहेका छन् ।

आफ्नो घरमा जडान भएको मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका बालक पटेलको उपचारको क्रममा नारायणी  बयोधा अस्पताल वीरगंजमा मृत्यु भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button