तपाईँ सुन्दै हुनुहुन्छः

२ वर्ष देखि रोकिएको छोरी शिक्षा बिमा गर्ने काम पुनः शुरु 

जनकपुरधाम । मधेश प्रदेशको बहुचर्चित मुख्यमन्त्री “बेटी पढाऊँ बेटी बचाऊँ” कार्यक्रम अन्तर्गतको छोरी शिक्षा बिमा कार्यक्रम पुनः सुचारु भएको छ । 

यस अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत सञ्चालनमा रहेको छोरी शिक्षा बिमा कार्यक्रमलाई सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय मार्फत यस पटक सुचारु गरिइएको छ । 

छोरी शिक्षा विमान कार्यक्रम गर्नका लागि विभिन्न बैङ्क तथा वित्तीय संस्थाका लागि सूचना प्रकाशित गरेर दरखास्त माग गरेकोमा सबै भन्दा कममा ग्लोबल आई एम ई बैङ्कले छोरी शिक्षा बिमा गर्ने कबोल गरेपछि सो बैङ्कसँग हिजो सम्झौता भएको शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयाँलले जानकारी दिनु भयो । 

मधेश प्रदेशका कुनै पनि घरमा छोरीको जन्म भएपछि प्रदेश सरकारले नै २० वर्षका लागि ३ लाखको बिमा गरिदिने कार्यक्रम विगत दुई वर्षसम्म रोकिएपनि पुनः सुचारु हुन लागेको फुयाँलले जानकारी दिनु भयो । प्रदेश सरकारले विभिन्न कारणले छोरी शिक्षा बिमा कार्यक्रम रोकिएको थियो । 

अहिले ग्लोबल आई एम ई  बैङ्कले ३७ हजार ४ सय ४५ रुपैयाँ ६० पैसामा बिमा गर्ने आशय सहितको टेण्डर दिएकोमा सो बैङ्कको आशयपत्रमा स्वीकृति प्रदान गरिइएको छ । हिजो बैङ्कसँग सम्झौता भएपछि छोरीको विमान गर्नका लागि आमा बुबा पुगेपनि कागज नमिलेपछि सम्झाई बुझाई फर्काउने गरेको निर्देशक फुयाँलले जानकारी दिनुभयो । 

कागज मिलाएर ल्याउनका लागि भन्ने गरेको निर्देशक फुयाँलले जानकारी दिनु भयो । छोरी शिक्षा बिमा गरेपछि छोरीको उमेर २० वर्ष पुरा भएपछि विवाह गर्नका लागि उक्त रकम पाउने भएका छन् ।

छोरी माथि हुने विभिन्न प्रकारको शारीरिक, मानसिक हिंसा रोक्न तथा अनिवार्य शिक्षा दिनका लागि छोरी शिक्षा बिमा कार्यक्रम मधेश प्रदेश सरकारले लागु गरेका थिए । यस अघि पनि मधेश प्रदेश सरकारले ८ जिल्लामा जन्म भएका छोरीहरूको बिमा गर्ने काम गर्दै आएका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button