२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु 

सूर्यप्रसाद अधिकारी २०७९ असार २० गते १४:०१

चितवन । चितवनमा नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३२ का सुरज बस्नेत रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार बस्नेत खैरहनी नगरपालिका वडा नम्बर ५ स्थित बुढ्यौली आफ्नो दिदी भिनाजुको घरमा आइतबार आएका थिए । आज बिहान १०ः०० बजे खाना खाएर बस्नेतको भाञ्जा मुकेश पौडेलसँग डुम्रे खोलामा नुहाउने क्रममा उनलाई सवा ११ बजे बगाएको थियो । 

उनलाई बगाएको खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थल पुगेको थियो ।  बगाएको ठाउँबाट २०० मिटर तल बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ । 

सम्बन्धित