२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

राज्य व्यवस्था समिति बैठक

सुरक्षा व्यवस्थालाई बलियो बनाउने गरी प्रहरी ऐन संशोधन गर्नुपर्नेमा सांसदहरूको जोड

'प्रदेश प्रहरीको कार्य क्षेत्रलाई व्यवस्थापन गर्न विधेयक ल्याइएको हो'

यशोदा अधिकारी २०७९ असार २० गते १३:४५

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश प्रहरीको कार्य क्षेत्रलाई व्यवस्थापन गर्न उक्त विधेयक ल्याइएको जानकारी दिनुभयो ।

बैठकमा संशोधनकर्ता सांसदहरुले धेरै जनसङ्ख्या रहेको काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई बलियो बनाउने गरी प्रहरी ऐन संशोधन गरिनुपर्नेमा जोड दिनुभयो । 

संशोधनकर्ता सांसदहरू दिव्यमणी राजभण्डारी, रेखा शर्मा, गङ्गा चौधरी, नारायण खतिवडाले प्रदेश प्रहरीलाई खण्ड खण्डमा अधिकार नदिई सक्षम सङ्गठनका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । 

उहाँहरूले १० वर्षे द्वन्द्वकालमा विस्थापित भई नेपाल प्रहरीबाट जागिर गुमाएकाहरूलाई समेत प्रहरी ऐनले समेट्नुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी, सांसदहरू झपट रावल र नवराज सिलवाललगायतले नेपाल प्रहरीलाई अनुसन्धानमा विश्वास गर्नुपर्ने बताउनुहुँदै संशोधनमा पुनर्विचार गर्न आग्रह गर्नुभयो । 

सम्बन्धित