तपाईँ सुन्दै हुनुहुन्छः

डेनमार्कमा बन्दुकधारीद्वारा गोली हानी तीन जनाको हत्या  थप तीन जना गम्भीर घाइते 

काठमाडौं । उत्तर  युरोपेली मुलुक डेनमार्कको एक किनमेल केन्द्रमा एक बन्दुकधारीले गोली प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । 

राजधानी कोपनहेगनको दक्षिणमा रहेको किनमेल केन्द्रमा भएको गोली प्रहार पछि त्यहाँ भागदौड मच्चिएको र भागदौडमा धेरै घाइते भएका त्यहाँको सञ्चार माध्यमहरूले जनाएका छन् ।

घटनाको आरोपमा एक २२ वर्षीय युवकलाई पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button