२०७९ साल साउन ३१ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल स्वदेश फिर्ता

रेडियो नेपाल २०७९ असार १९ गते २१:५८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फकिएको छ ।

अजरबैजानको राजधानी बाकुमा हालै सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल आज स्वदेश फिर्ता भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमणका सम्बन्धमा जानकारी दिने क्रममा सभामुख सापकोटाले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिबीच अनुभव आदानप्रदान भएको बताउनुभयो ।
रासस

सम्बन्धित