तपाईँ सुन्दै हुनुहुन्छः

दुई बस ठोक्किएर भएको दुर्घटनामा २२ जना घाइते

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–८ बोच घुम्तीमा आइतबार दुई वटा यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना हुँदा २२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

चरिकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको अरनिको बस र काठमाडौँबाट दोलखाको मैनापोखरीतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००५ ख ९६९७ नम्बरको बस बोच घुम्तीमा आपसमा ठोक्किएर दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक सिग्देलका अनुसार घाइतेहरूको चरिकोटमा रहेको पशुपति चौलागाँई स्मृति प्रदेश अस्पताल र सामुदायिक अस्पताल चरिकोटमा उपचार भएको छ ।

पशुपति चौलागाँई स्मृति प्रदेश अस्पतालमा उपचार भएको सबै १७ जना बिरामीको अवस्था सामान्य रहेकोले आवश्यक उपचारपछि घर पठाइएको अस्पतालका एमडिजिपि डाक्टर विनोद दंगालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button