२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

झापाको बाह्रदशी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

रोहित काफ्ले २०७९ असार १९ गते १८:१३

झापा । झापाको बाह्रदशी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको छ ।

बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र रहेका लक्षित बालबालिकालाई सबै खोप पूरा गर्दै गाउँपालिकालाई शनिबार पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गरिएको हो ।

बाह्रदशी गाउँपालिकामा एक वर्षमुनिका ६९४ जना लक्षित समूहका बालबालिका रहेको र उनीहरू सबैलाई पूर्ण खोप प्रदान गरिएसँगै गाउँपालिकालाई पूर्ण सुनिश्चितता भएको घोषणा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामकुमार साहले बताउनुभयो ।

बाह्रदशी गाउँपालिका–६ स्थित डाँडीबारी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईंले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका घोषणा गर्नुभयो ।

अध्यक्ष चम्लागाईंले अब यहाँका बालबालिका मात्रै होइन, गर्भवतीदेखि ज्येष्ठ नागरिक, अशक्तसहित लक्षित वर्गलाई घर–घरमै स्वास्थ्य सेवा दिने खालका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

बाह्रदशी गाउँपालिका, वडा न. ६ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समिति अध्यक्ष रत्नप्रकाश योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा डाँगीबारी स्वास्थ्य चौकीका प्रमुख हेमन्त लामिछानेले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित