तपाईँ सुन्दै हुनुहुन्छः

बाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई  जनाको शव भेटियो 

रौतहट । रौतहटको बाग्मती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई  जनाको शव आज भेटिएको छ । 

भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर क्षेत्र घुम्न आएका तीन जना शनिबार बाग्मती नदिमा नुहाउने क्रममा बेपता भएका थिए । बेपत्ता दुई जनाको सब वृन्दावन नगरपालिका वडा नम्बर १ सल्लेरी नदी किनारमा मृत अवस्थामा भेटिएको हो । 

तीन जना मध्ये भारत जिल्ला सितामढी कोटबजार बस्ने २७ वर्षीय सुमन साहको तत्कालै स्थानीयले उदार गरेका थिए भने बेपत्ता भएका ३१ वर्षीय मयकं अग्रवाल र अर्का ३१ वर्षीय गोलु कुमारको सब भेटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक योगेश दाहालले बताउनुभयो । 

उनीहरू BR01HF6619  नम्बरको कारमा सबार रहेका थिए । बेपताको खोजी कार्य शनिवार देखिनै जारी रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button