तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा पहिरो : बेपत्तामध्ये दुई  जनाको शव फेला (अपडेट)

पाँचथर । पाँचथरको फालेलुङ – ७ बिहिदिनमा गएको पहिरोमा पुरिएका मध्ये दुई जनाको शव आज फेला परेको छ ।

३८ वर्षीय गोमा मगर र १९ वर्षीय एलिसा मगरको शव मृत अवस्थामा फेला परेको पाँचथर प्रहरीले जनाएको छ । 

४२ वर्षीय रुपलाल मगरको शव शनिबार फेला परेको थियो । पहिरोमा परी तीन जनाको ज्यान गएको छ ।

अविरल वर्षाको कारण असार १७ गते राति १०ः१५ बजे पहिरो खसेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button