बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा भएको रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गरेका छन् ।
शान्ति युवा विकास मञ्च जीतपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १४ जना पुरुष र ७ जना महिलाले रक्तदान गरेको मञ्चका अध्यक्ष विवेक सराफले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस पर्सा शाखा वीरगञ्जको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रमको औपचारिक उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले गर्नुभएको थियो ।