अछाम । नेपाली काँग्रेसका सह महामन्त्री बद्री पाण्डेले स्थानीय तहमा गठबन्धनका दलहरूको केही कमीकमजोरी भएको भन्नुहुँदै आगामी दिनमा गठबन्धनलाई प्रभावकारी बनाएर जाने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा सह महामन्त्री पाण्डेले गठबन्धनले एक चक्र पार गर्नुपर्ने बताउनुहुँदै दीर्घकालीन नभए पनि तत्कालिक रणनीतिको विषय बनाएर जाने बताउनुभयो ।
सह महामन्त्री पाण्डेले संविधान र संसदीय प्रणाली बचाउन नै गठबन्धन गरेको बताउनुभयो ।
नेता शेखर कोइराला पक्षको भेलाका बारेमा पत्रकारले सोधेको प्रश्नमा सह महामन्त्री पाण्डेले पार्टी कमजोर बनाउन नभएर विधि, विधानमा हिँडाउन, सुझाव, दबाब र पार्टीको केन्द्रीय कमिटीलाई रचनात्मक सुझाव दिनका लागि भएको बताउनुभयो ।