तपाईँ सुन्दै हुनुहुन्छः

पातारासीको बागजाले पाटनमा ठुलो चट्यांङः ८० भेडा मरे, ३ सय बेपत्ता

जुम्ला । पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरेका छन् । चट्याङ पर्दा पाटनमा राखिएका पाँच जना किसानका ८० भेडा मरेका हुन् । झण्डै ३ सय भेडा हराएका छन् ।

शुक्रवार दिउँसो ३ बजेतिर बागजाले पाटनमा चट्याङ पर्दा पातारासी गाउँपालिका–४ लुम गाउँका ५ जना कृषकका ८० भेडा मरेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदले बताउनुभयो ।

प्रहरीको तथ्याङ्क अनुसार पाँच जना किसानका ३ सय ८० भेडामध्ये ८० भेडा पाटनमै मरेको अवस्थामा भेटिएका छन् भने ३ सय भेडा हराइरहेका छन् ।

अप्ठ्यारो भीरका कारण हराएका भेडाको खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका पशु शाखाका प्राविधिक हरि कामीले बताउनुभयो । उहाँका अनुसार किसानले बिमा नगरेका कारण ठुलो क्षति बेहोरेका छन् ।

खोज तलास जारी भए पनि सबै मरिसकेको हुन सक्ने किसानको अनुमान छ ।

३ सय ८० भेडा मर्दा अनुमानित १० देखि १५ हजारको दरले हिसाब गर्दा झण्डै ४ करोड बढीको क्षति हुन आउँछ । यद्यपि, घटनाको एकिन विवरण सहितको मुचुल्का आउन बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button