तपाईँ सुन्दै हुनुहुन्छः

‘अनुभवका अनुभूति’ लोकार्पण

बागलुङ। सर्जक इन्द्र श्रेष्ठको संस्मरणात्मक कृति ‘अनुभवका अनुभूति’ सार्वजनिक गरिएको छ ।

 विद्यामन्दिर पुस्तकालयद्वारा आयोजित कार्यक्रममा  दीअ प्रकाशनद्वारा प्रकाशित उक्त कृति आज बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले लोकार्पण गर्दै भाषा र साहित्यको विकासमा  श्रेष्ठको कृतिले टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो  । 

उक्त पुस्तकमाथि टिप्पणी गर्दै  धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले कृतिमा रचनाकारको जीवनका घटना  प्रतिबिम्बित भएको बताउनुभयो । 

लेखिका श्रेष्ठले आफ्नो जीवन भोगाइका विविध पाटालाई संस्मरण, अनुभूतिपरक लेख र कविताका माध्यमबाट पुस्तकमा अभिव्यक्त गरिएको जानकारी दिनुभयो । 

बागलुङकी सफल महिला उद्यमीमा रुपमा चर्चित श्रेष्ठले हस्तकला व्यवसाय सुरु गर्दाका अनुभवलाई पनि पुस्तकमा समेट्नुभएको छ । सो कृतिमा उहाँका कविता र गीत पनि समावेश छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button