तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची, झापा र भोजपुरका नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै ठाउँमा भारी बर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको महाशाखाको भनाइ छ ।

महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने जनाइएको छ । विहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले चेतावनी दिएको छ ।

उता झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम र झापाको सीमा आसपास केही स्थानहरूमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाले मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम भएका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको ।

यसैगरी भोजपुर मापन केन्द्रमा तीन घण्टादेखि भारी बर्षा भएको भन्दै महाशाखाले सो क्षेत्र भई बग्ने साना नदीहरुमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले नदी तटिय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा रहेकाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button