तपाईँ सुन्दै हुनुहुन्छः

‘सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुन्छ’

घोराही । सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीतिक सहमतिका आधारमा सङ्घ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताउनुभएको छ ।

file photo

दाङको लमहीमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री चौधरीले आउँदो मङ्सिरमा निर्वाचन गर्ने गरी छलफल भइरहेको बताउनुभयो ।

मन्त्री चौधरीले निर्वाचनबारे दलहरूबिच सहमति भएको र सरकारले केही दिनमा आधिकारिक रुपमा मिति घोषणा गर्ने बताउनुभयो ।

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्नुहुँदै मन्त्री चौधरीले सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button