तपाईँ सुन्दै हुनुहुन्छः

श्रीमानको सम्झनामा क्याम्पसलाई भवन

वीरेन्द्रनगर । वीरेन्द्रनगरकी कमला मल्लले आफ्ना स्वर्गीय पति भीमबहादुर मल्लको नाममा बहुमुखी क्याम्पसमा भवन निर्माण गरिदिनुभएको छ । उहाँले क्याम्पसलाई सहयोग स्वरूप ‘भीम कमला शैक्षिक भवन’ निर्माण गरिदिनुभएको हो ।

एक वर्षको समय लगाएर निर्माण सम्पन्न भएको उक्त भवन एक कार्यक्रमबिच शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया कुमारी यादवको सहभागितामा क्याम्पसलाई हस्तान्तरण गरिएको छ ।

मल्लले २५ लाख एक हजारको भीम कमला मल्ल छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको छ । क्याम्पसका प्रमुख माधवप्रसाद खनालले शैक्षिक भवन निर्माणका लागि रु ७८ लाख २८ हजार ८८२ लागत लागेको बताउनुभयो ।

क्याम्पसका लागि मल्लले एक करोड तीन लाख २९ हजार ८८२ दान स्वरूप प्रदान गर्नुभएको थियो । खनालका अनुसार भवन निर्माणका लागि जग्गा भने क्याम्पसले नै उपलब्ध गराएको थियो । आज एक कार्यक्रमका बीच राज्यमन्त्री यादवद्वारा भवनको उद्घाटन एवं हस्तान्तरण गरिएको छ ।

यद्यपि यो क्याम्पस राज्यबाट उपेक्षामा पर्दै आएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । खनालका अनुसार अहिले क्याम्पसमा ३७ मात्र कर्मचारी रहेका छन् । राज्यले वास्ता नगरेका कारण केही कर्मचारी आफैँले राखेको उहाँले बताउनुभयो । आर्थिक अभावको कारण क्याम्पसलाई सोचेअनुरूप अगाडि बढाउन नसकिएको क्याम्पस प्रमुख खनालको भनाइ थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button