तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा विपद्सँग सम्बन्धित कृत्रिम अभ्यास

पाँचथर । पाँचथरको फिदिममा विपद्सँग सम्बन्धित घटनाको कृत्रिम अभ्यास गरिएको छ ।

अभ्यास कार्यक्रममा पानीमा बगेको मृतकलाई निकाल्ने तरिका, मुचुल्काको प्रक्रिया, घाइतेको उचित व्यवस्थापनको तरिका लगायतको कृत्रिम अभ्यास भएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहभागिता थियो ।

जिल्लामा हुन सक्ने विपद्का घटनामा छिटो उद्धार हुन सकोस् भनेर अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button