तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता ठगी गर्ने कलैयाका ९ पसललाई कारबाही

वीरगंज । उपभोक्तालाई ठगी गरेको आरोपमा बारा कलैयाका ९ वटा पसल कारबाहीमा परेका छन् ।

वाणिज्य ,आपूर्ति तथा उपभोक्ता संरक्षण  कार्यालय वीरगंज पर्सा, जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा, गुणस्तर तथा नाप तौल कार्यालय पर्सा, घरेलु तथा साना उद्योग बारा, उद्योग वाणिज्य सङ्घ बाराको संयुक्त टोलीले आज कलैयामा बजार अनुगमनको क्रममा उपभोक्तालाई ठगी गर्ने ९ वटा पसललाई कारबाही गरेको वाणिज्य कार्यालय बीरगंजका निमित्त प्रमुख दिलीप खँग खत्वेले जानकारी दिनुभयो । 

टोलीले आज कलैया बजारमा अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेकोले सोही ऐन को दफा ३९ बमोजिम ९ वटा व्यापारिक फर्म तथा पसललाई कारबाही गरिएको खत्वेले बताउनु भयो । 

कारबाहीमा पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १ मा रहेको पोशाक इम्पोरियम, खुश्बु  साडी सेन्टर, न्यु नवीन बस्त्रालय,  जवाहर लाल हार्डवेयर, गौरी सङ्कर सप्लायर्स, चौधरी  किराना पसल, प्रियका  रेडिमेड  जेनरल  स्टोर,  जय  बाबा  अमरनाथ  किराना  भँडार र  श्री क्यान बस्त्रालयमा अनुगमन गर्दा खरिद बिल नदेखाएको, अनुगमन कार्यमा असहयोग गरेको आरोपमा ७८ हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण  कार्यालय बीरगंजका सूचना अधिकारी एवं निमित्त प्रमुख दिलीप खंग खत्वेले जनकारी  दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button