इलाम । ताप्लेजुङबाट झापा जाँदै गरेको बुलेरो गाडी इलाम नगरपालिका १ स्थित मिल गोलाई नजिक दुर्घटना भएको छ । दुर्घटनामा एक बालकसहित ११ जना घाइते भएका छन् ।
गाडी करिब दुई सय मिटर तल जोशी हाइड्रोको पावर हाउस नजिक पुवा खोलामा खसेको हो । घाइतेहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ । ५ जनालाई झापाको विएण्डसी अस्पतालमा रेफर गरिएको छ ।