दाङ । दाङमा सवारी दुर्घटनामा परी दुई जनाको निधन भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कुँवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बिहीबार राती पौने १० बजे घोराही उपमहानगरपालिका–७ सर्रा चोकस्थित रा ३ प २९२२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
त्यसैगरी मोटरसाइकलमा सवार घोराही उपमहानगरपालिका ७ बस्ने ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन् । घाइते चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने साइकलयात्री भण्डारीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।