तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर बारामा एक युवकको मृत्यु

बारा । चट्याङ लागेर बारामा एक युवकको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

मृत्यु हुनेमा सुवर्ण गाउँपालिका वडा नं ७ टोल सन्फुलवाका अन्दाजी वर्ष २१ को धीरज कुमार यादव रहेको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।  खेतमा काम गर्न गएको बेला चट्याङ लागेर यादवको दिउसो १ बजेतिर मृत्यु भएको प्रवक्ता  थापाले भन्नुभयो । 

यसैबीच  सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, युवा नेता सतेन्द्र यादव लगायतले मृतकको घरमा पुगी परिवारलाई गाउँपालिकाको तर्फबाट रु.५० हजार सहयोग उपलब्ध गराउने घोषणा गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button