तपाईँ सुन्दै हुनुहुन्छः

फोहर व्यवस्थापनका लागि हापुरेमा डस्टविन 

दाङ । दाङको बबई गाउँपालिकामा फोहर व्यवस्थापनका लागि डस्टविनको व्यवस्थापन गरिएको छ । गाउँपालिका क्षेत्र तथा हापुरे बजार क्षेत्रको फोहर व्यवस्थापनका लागि डस्टविनको व्यवस्थापन गरिएको हो । 

गाउँपालिकाको सामाजिक शाखा मार्फत् गल्ने र नगल्ने फोहरलाई व्यवस्थापन गर्न डस्टविन व्यवस्थापन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लका अनुसार गल्ने र नगल्ने फोहरलाई व्यवस्थापन गर्न दुई प्रकारका डस्टविन व्यवस्थापन गरिएको हो । 

बजार क्षेत्रका विभिन्न १५ स्थानमा डस्टविनको व्यवस्थापन गरिएको सामाजिक विकास शाखा प्रमुख तेजेन्द्र घर्तीले जानकारी दिनुभएको छ । बजार क्षेत्रमा हुने फोहर जथाभाबी फाल्ने प्रचलन रहेकोले त्यसको व्यवस्थापनका लागि पहिलो चरणमा डस्टविनको व्यवस्थापन गरिएको छ । 

यस्तै गाउँपालिका प्रशासन भवन रहेको क्षेत्रका विभिन्न दश स्थानमा डस्टविनको व्यवस्था गरिएको छ । फोहर व्यवस्थापनका लागि गाउँपालिकाले एक ट्याक्टर खरिद गरेको छ भने ल्याण्डफिल साइड निर्माणको चरणमा रहेको छ । 

हापुरे क्षेत्र क्रमिक रुपमा बजारका रुपमा विकास हुन थालेको भन्दै गाउँपालिकाले फोहर व्यवस्थापनमा ध्यान दिन थालेको छ । साथै गाउँपालिकाले डस्टविनमा गल्ने र नगल्ने फोहरलाई व्यवस्थापन गर्न आग्रह समेत गरेको छ ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button