तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचनबारे तयार पारिएको प्रतिवेदन पारित

file photo

काठमाडौँ ।नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ ।

कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिको बिहिवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा समितिका सदस्यले दिएको सुझावलाई समेटेर तयार पारिएको प्रतिवेदनका बारेमा छलफल गरी प्रतिवेदन पारित गरिएको कांग्रेस स्थानीय तह निर्वाचन समितिका सचिवालय संयोजक नानु बाँस्तोलाले जानकारी दिनुभयो । उहाँले आवश्यक सुझावलाई समेटेर तयार पारेको उक्त प्रतिवेदन कांग्रेस केन्द्रीय समितिको बैठकमा पेश गरिने बताउनुभयो ।

“७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्था रह्यो, कुन प्रदेशमा काँग्रेसको अवस्था कस्तो भयो, गठबन्धनका दलसँग निर्वाचनमा भएका कमी कमजोरी र उपलब्धिका बारेमा छलफल गरेर प्रतिवेदन तयार गरेका हाँै”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button