तपाईँ सुन्दै हुनुहुन्छः

दाउराको भारी बोकेर हिँड्ने क्रममा चिप्लिएर एक जना मृत्यु 

बागलुङ ।  बागलुङको निसीखोला गाउँपालिकामा ७० वर्षीय पुरुषको दाउराको भारी बोकेर हिँड्ने क्रममा चिप्लिएर मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर १ हर्पेका  ७० वर्षीय रणबहादुर गोठबाट दाउरा बोकी घर आउने क्रममा चिप्लिदा प्लास्टिकको डोरी घाँटीमा अल्झिएर पासो लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

बुधवार साँझ दाउरा ल्याउन जानुभएका विक अबेरसम्म घर नआएपछि प्रहरीको सहयोगमा बिहीबार बिहान मृत अवस्थामा फेला परको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button