तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सभामा पेश भएको बजेट माथि २० गतेबाट छलफल हुने 

जनकपुरधाम  । मधेश प्रदेश सरकारले बजेट ल्याएको २० दिनपछि मात्र प्रदेश सभाको बैठक आह्वान गरेको छ ।

बजेट ल्याएर अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभा बैठक आगामी असार २० गते बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो । 

असार २० गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सचिव रञ्जित यादवले जानकारी दिनुभयो । असार १ गते आएको बजेट माथि २० गतेको बैठकबाट छलफल हुने भएको छ । केही विधेयकमा छलफलसमेत हुने उहाँले जानकारी दिनुभयो । 

खास गरेर प्रदेश सभाका अधिकांश सदस्यहरु आर्थिक वर्षको अन्तिममा आएर विकास निर्माणको काम गर्ने र गराउने एवं भुक्तानी माग गर्ने भएकाले ढिलो गरी छलफल हुन लागेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button