तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारीका साहित्यिक रचना उत्कृष्ट

काठमाडौँ । जननेता मदन भण्डारीका साहित्यिक रचना समकालीन साहित्यमा उत्कृष्ट भएको विद्वानहरूले औँल्याएका छन् । 

मदन भण्डारीको ७१ औँ जन्मजयन्तीका अवसरमा राजमोति मिडियाले आज काठमाडौँमा आयोजना गरेको मदन भण्डारीको साहित्यिक व्यक्तित्वबारे परिचर्चा कार्यक्रममा वरिष्ठ निबन्धकार तथा समालोचक डा. विनोद मञ्जनले मदन भण्डारीले युवा अवस्थामा सिर्जना गरेका  गीत, कविता, निबन्ध तथा समालोचनालगायत वर्तमान नेपाली साहित्यका चर्चित रचनाभन्दा कम नभएको औँल्याउनुभयो । 

वैचारिक, राजनीतिक चेतनासहित रचिएका मदनका रचनाहरू ओझेलमा परेको भन्नुहुँदै निबन्धकार मञ्जनले मदन भण्डारीका साहित्यिक कृतिहरूमाथि अध्ययन अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो । 

परिचर्चा कार्यक्रममा सहभागीहरूले शोषण, दमनविरुद्धमा लेखिएका मदनका रचनाले समाज परिवर्तनका लागि प्रेरणा  दिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button