तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र क्षेत्रको विकास र विस्तारका  लागि सरकार प्रतिबद्ध छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्र क्षेत्रको विकास र विस्तारका  लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय चलचित्र विकास बोर्डको २२ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा  आयोजित कार्यक्रममा मन्त्री कार्कीले मुलुक कोभिड मुक्त हुँदै गएकाले चलचित्र क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न चलचित्र विकास बोर्डलाई समयानुकूल अगाडी बढाउन सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री कार्कीले सामाजिक जागरणलाई प्रज्वलित गर्ने कलाकार/सर्जकहरू राष्ट्रका गहना मात्र नभई राष्ट्रका गौरव भएको भन्नुहुँदै कलाकारले दिएको योगदानलाई समाजमा विशिष्ट रूप दिन सबै हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री कार्कीले आफु सधैँ कलाकारको पक्षमा रहेको भन्नुहुँदै कलाकार समाजको प्रेरणाको स्रोत भएकाले राज्यले विशेष सम्मान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button