तपाईँ सुन्दै हुनुहुन्छः

बेलायतद्वारा युक्रेनलाई एक अर्ब २० करोड अमेरिकी डलर बराबरको सैन्य सहायताकाे घोषणा 

काठमाडौं । बेलायतले युक्रेनलाई एक अर्ब २० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता प्रदान गर्ने भएको छ । 

यसैबीच बेलायतले पश्चिमा राष्ट्रहरूका लागि रुस सबै भन्दा ठुलो सुरक्षा खतरा भएको बताएको छ । 

यसअघि उत्तर एटलान्टिक सन्धि सगंठन नेटोले पनि रुसबाट पश्चिमा राष्ट्रहरूलाई प्रत्यक्ष खतरा रहेको बताएको थियो ।

यसैबीच नेटोले आगामी २०२३ देखी ३ लाख सैनिकहरूलाई युद्धका लागि उच्च तयारी अवस्थामा राख्ने घोषणा गरेको छ । 

यसअघि उच्च तयारीमा राखिएका सेनाको संख्या ४० हजार थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button