तपाईँ सुन्दै हुनुहुन्छः

गीति एल्बम ‘देश’ तथा शार्दूल विमोचन

काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले विभिन्न राष्ट्रिय कलाकारहरूको रचना, सङ्गीत र गायनमा सङ्कलित गीति एल्बम ‘देश’ र शार्दूल पत्रिकाको लोकार्पण गरेको छ ।

७१ औ मदन जयन्तीका अवसरमा प्रतिष्ठानले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी शार्दूल पत्रिकाको पनि विमोचन गरेको छ ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले कला र संस्कृतिका माध्यमबाट समाजमा जागरण सिर्जना गर्न र मुलुकलाई समृद्धिका लक्ष्यमा पुर्‍याउन सर्जकहरूको भूमिका उल्लेखनीय रहने बताउनुभयो ।

देश गीति एल्बममा गीतकारहरू यादव खरेल, डा कृष्णहरि बराल, दिनेशहरि अधिकारी, रमण घिमिरे, उन्नति बोहरा ‘शीला’, गणेश रसिक, मञ्जुल, श्याम तमोट र डा विजय सुब्बाद्वारा लिखित गीतहरू समावेश छन् ।

सङ्गीततर्फ दीपक जङ्गम, अशोक राई, शिलाबहादुर मोक्तान, टीका भण्डारी, पारस मुकारुङ, एनबी जनकपुरी, सुरेन्द्र श्रेष्ठ र राजु सिंह तथा गायनतर्फ भीषण मुकारुङ, सुरेन्द्र श्रेष्ठ, साजन राई, सञ्जय तुम्रुक, श्रेयासी चेम्जोङ, रूपक डोटेल, दीपा सुहाङ, अजर जङ्गम, शोभा पाण्डे, निर्मला तामाङ, निभा डङ्गोल, बागिना किराँती राई, रेवत राईले एल्बममा साथ दिनुभएको छ ।

सोही कार्यक्रममा ‘शार्दूल’ पत्रिकाको अङ्क—५ सैलुङ सांस्कृतिक तथा साहित्यिक विशेषाङ्कको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार टिका भण्डारीले प्रगतिशील गीत विगत र वर्तमान विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button