तपाईँ सुन्दै हुनुहुन्छः

पर्खाल भत्किएर पुरिँदा वृद्धाको मृत्यु

भक्तपुर । भक्तपुरको सूर्य विनायक नगरपालिका–१० चित्तपोल लाकुलीमा पर्खाल भत्किएर पुरिँदा ६६ वर्षीया नारायणदेवी थापाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लगातारको वर्षाका कारण आज साँझ स्थानीय कान्छा श्रेष्ठको घरको आँगनमा लगाइएको १२ फिट अग्लो कच्ची पर्खाल भत्किएको थियो ।

पर्खाल भत्किँदा पर्खालमुनि हिँडिरहेकी थापा पुरिएकी थिइन् ।

थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button