तपाईँ सुन्दै हुनुहुन्छः

‘विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक’

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारीसहित एकीकृत प्रयास गर्नुपर्ने बताउनुभएको छ ।

सरोकारवाला निकायको सहभागितामा गृह मन्त्रालयमा आज भएको मौसम पूर्व तयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री खाणले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने बताउनुभयो ।

विपद्बाट हुने क्षति न्यूनीकरण गर्दै जनताको जीउधनको रक्षा गर्नु सरकारको मूल दायित्व भएको उल्लेख गर्नुहुँदै गृहमन्त्री खाणले विपद्बाट प्रभावितको खोज, उद्धार, राहत र पुनः स्थापनालाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभयो ।

गृहमन्त्री खाणले विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने, मानवीय आवश्यकताका वस्तुको उपलब्धता नहुने, सुरक्षित यात्राका लागि चुनौती थपिने भएकाले अवरुद्ध सडक तत्काल सञ्चालन गर्ने गरी उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।

बैठकमा पछिल्लो २४ घण्टामा प्राकृतिक प्रकोपबाट ११ जनाको मृत्यु भएको, १४ जना घाइते भएको, दुई हजार ७४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, तीन जनाको हेलिकप्टरमार्फत र एक जनाको स्थल उद्धार गरिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button