तपाईँ सुन्दै हुनुहुन्छः

ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्नुपर्छ: मन्त्री रेग्मी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले पर्यटन, कृषि र जलविद्युतमार्फत देशको विकास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री रेग्मीले पर्यटन, कृषि र जलविद्युत क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले दूरदराजका बसेका महिलाको जीविकोपार्जन सुधारका लागि आफ्नो मन्त्रालयले उद्यमशीलता तालिम प्रदान गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button